१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी । १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा बैतडीका २० वर्षीय राजेश धामी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धामीले असार २४ गते बालिकालाई अत्तरिया बोलाई होटलमा राखेर जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

उक्त उजुरीपछि खटिएको प्रहरी टोलीले सोमबार धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोक क्षेत्रबाट धामीलाई पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Facebook Comments Box
TOP
119 Shares