पाकिस्तानमा भारी वर्षापछि घर भत्किँदा ९ जनाको मृत्यु, १४ घाइते

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा भारी वर्षापछि आएको बाढीका कारण एक आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार लाची क्षेत्रको मालगिनमा घर भत्किँदा २३ जना भग्नावशेषमा पुरिएका थिए।

कोहाट र काराक जिल्लाका उद्धार टोलीले सबैलाई भग्नावशेषबाट निकालेर उपचारका लागि नजिकैको अस्पताल पुर्‍याएका छन्। मृत्यु हुनेमा छ जना महिला र तीन जना बालबालिका रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

मनसुनी वर्षाका कारण पाकिस्तानका विभिन्न क्षेत्रमा बाढी र डुबानले पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै जनजीवन प्रभावित भएको छ। यसअघि प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (PDMA) ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनभित्र बाँधबाट थप पानी छोड्न सकिने चेतावनी समेत दिएको थियो।

Facebook Comments Box
TOP
224 Shares