

गगन थापा र प्रचण्डबीच आज भेटवार्ता हुँदै
1.2kViews
255
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ। नेकपा स्रोतका अनुसार भेटवार्ता मंगलबार दिउँसो १ बजे प्रचण्ड निवासमा तय गरिएको छ।
भेटमा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान राष्ट्रिय मुद्दा तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। दुवै नेताबीचको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, भेटवार्ताको विस्तृत एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। भेटपछि दुवै पक्षबाट थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
१ दिन अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





