

नागरिक एपबाटै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने
काठमाडौं । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै अब देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको विवरण रियल–टाइममै हेर्न सकिने भएको छ। यस सुविधामार्फत प्रयोगकर्ताले आवश्यक रक्त समूह कुन केन्द्रमा कति युनिट उपलब्ध छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नागरिक एपमा एकीकृत गरिएको यो सेवाले देशभरका विभिन्न रक्तसञ्चार केन्द्रको रगतको मौज्दात एउटै स्थानबाट हेर्न मिल्ने व्यवस्था गरेको हो। यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने विश्वास गरिएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको जनाएको छ। साथै, यसले रक्त व्यवस्थापनलाई सहज बनाउनुका साथै रक्तसञ्चार सेवाको समन्वयमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२३ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





