

रिसोर्टमा जुवातास खेल्दै गरेका २४ जना पक्राउ, करिब ९.८ लाख रुपैयाँ बरामद
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३, तीनपिप्लेस्थित चेरी भ्याली रिसोर्टमा गोप्य रूपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रिसोर्ट सञ्चालक टोखा नगरपालिका–६ निवासी २८ वर्षीय आश्रय शर्मा पनि रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई नगद ९ लाख ८० हजार २ सय ८५ रुपैयाँ, तीन बुक तास र ४४ वटा कौडासहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ। अदालतबाट दोषी ठहर नभएसम्म पक्राउ परेका सबै व्यक्ति कानुनी रूपमा आरोपित मात्र रहनेछन्।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
१ दिन अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





