

पछिल्लो २४ घण्टामा ७३ प्राकृतिक प्रकोपका घटना, दुईको मृत्यु र एक बेपत्ता
काठमाडौं । अविरल वर्षासँगै देशभर प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता भएका छन्। ती घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
प्राधिकरणका अनुसार सो अवधिमा ४० वटा पहिरो, १४ वटा बाढी, १२ वटा अविरल वर्षासम्बन्धी, चार वटा सर्पदंश, तीन वटा वन्यजन्तु आक्रमण तथा एक वटा आगलागीका घटना भएका छन्। पहिरोका कारण कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ धामीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको मृत्यु भएको छ। यस्तै, मकवानपुरमा बाढीले एक जना स्कुटरसहित बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३८० वर्षा मापन केन्द्रमध्ये २७८ केन्द्रमा वर्षा रेकर्ड भएको छ। चितवनको नारायणी फिल्ड अफिसमा सबैभन्दा बढी ३१९.८ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले देशका २६ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ। निरन्तर वर्षाका कारण नदी–खोलामा बहाव बढ्ने, पहिरो खस्ने र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
१ दिन अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





