

पूर्वी नेपालमा मनसुन सक्रिय रहने पूर्वानुमान, सतर्कता अपनाउन मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा आज पनि मनसुनको प्रभाव कायम रहने जनाएको छ। विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ, तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि सक्रिय रहने सम्भावना छ। विभागले निरन्तर वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।
महाशाखाको तीन दिने मौसम पूर्वानुमानअनुसार आजदेखि बिहीबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। विभागले विशेषगरी नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२३ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





