

‘राहदानी कम्पनीलाई होइन, आफैंसँग राख्नुहोस्’ : मलेसियास्थित नेपाली दूतावासको अत्यावश्यक अपिल
काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले रोजगारीका लागि मलेसियामा रहेका सबै नेपालीलाई आफ्नो राहदानी (पासपोर्ट) सधैं आफैंसँग सुरक्षित राख्न विशेष आग्रह गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा मलेसियाको कानुनअनुसार राहदानी आफ्नै साथमा राख्नु श्रमिकको अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोजगारदाता वा अन्य व्यक्तिको नियन्त्रणमा नदिन सचेत गराएको हो।
दूतावासले रोजगारदाताहरूलाई पनि कामदारको स्पष्ट सहमति र कानुनले अनुमति दिएको विशेष अवस्था बाहेक नेपाली श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न आग्रह गरेको छ। यदि कसैको राहदानी सहमतिविना कम्पनी वा अन्य व्यक्तिले राखेको छ भने तत्काल नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
दूतावासका अनुसार राहदानी व्यक्तिगत सरकारी परिचयपत्र भएकाले यसको सुरक्षा र संरक्षण सम्बन्धित व्यक्तिकै जिम्मेवारी हो। साथै, नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षणमा सहयोग पुर्याउने सबै रोजगारदाता तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्दै स्थानीय कानुनको पूर्ण पालना गर्न पनि दूतावासले आग्रह गरेको छ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२४ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





