विश्वविद्यालयमा १०% छात्रवृत्ति अनिवार्य गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विश्वविद्यालय तथा मातहतका क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्ने तयारी अघि बढाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विश्वविद्यालय तहमा छात्रवृत्ति सुनिश्चित गर्ने व्यवस्था संस्थागत रूपमा कार्यान्वयन गरिने बताएका हुन्।

मन्त्री पोखरेलका अनुसार यसअघि काठमाडौं महानगरपालिकाको विद्यालय प्रणालीमा लागू गरिएको छात्रवृत्ति व्यवस्था प्रभावकारी देखिएकाले सोही अभ्यासलाई अब विश्वविद्यालय र मातहतका कलेजहरूमा पनि विस्तार गर्ने तयारी गरिएको हो। उनले उच्च शिक्षामा आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीको पहुँच बढाउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको उल्लेख गरेका छन्।

सरकारले आगामी दिनमा सम्बन्धित विश्वविद्यालयहरूसँग समन्वय गरी छात्रवृत्ति व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिरहेको जनाएको छ।

Facebook Comments Box
TOP
162 Shares