

नारायणगढ–मुग्लिन सडकका १५ स्थानको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन
977Views
133
Shares
चितवन । अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डका १५ स्थानमा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी सवारी सञ्चालन पुनः सुचारु भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार सोमबार साँझदेखि खस्न थालेको पहिरो बिहानसम्म जारी रहे पनि सबै स्थानको पहिरो हटाइसकिएको छ। पहिरो पन्छाउन रातिदेखि नै दुई वटा लोडरसहितका उपकरण परिचालन गरिएको थियो।
सडक सञ्चालनमा आए पनि वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको भन्दै यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२३ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





