प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ भने आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै “गेस एंड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस” नामक विशेष योजना सुरू गरेको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इ.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् । कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइट (https://emas5predict.proton-nepal.com/ )मा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् । मूल्य अनुमानका लागि ‘इ.मास ५ प्राइम’ भेरियन्टको दायरा रू. २९.९९ लाख देखि रू. ३४.९९ लाख सम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा रू. ३४.९९ लाख देखि रू. ३९.९९ लाख सम्म निर्धारण गरिएको छ ।

कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्ट बाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ । विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन् ।

यसै बीच जगदम्बा मोटर्सले रू. १ लाख बुकिङ रकम तोकेर प्रोटोन इ.मास ५ को बुकिङ समेत खुला गरेको छ । ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ अथवा सोहि साईटमा गएर भौचर आप्लोड गरि बुक गर्न सक्ने छन्। सो साईटमा गएर बूकिंग गरेका ग्राहकको बूकिंगलाई आधार मानेर लकि ग्राहक छानिने छन्।

प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधी हासिल गरेको थियो । कम्पनीका अनुसार इ.मास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ । यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ ।

नेपालमा विद्युतीय सवारी साधनको बजार निरन्तर विस्तार भईरहेको र प्यासेन्जर गाडीको विक्रीमा इभीको हिस्सा बढ्दै गएको सन्दर्भलाई ध्यानमा राखेर यो योजना ल्याइएको कम्पनीले उल्लेख गरेको छ । देशको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमा प्रोटोन इ.मास ५, ग्राहकहरूको लागि एक उत्कृष्ट विकल्पको रूपमा स्थापित हुनेमा जगदम्बा मोटर्सले विश्वास व्यक्त गरेको छ ।

Facebook Comments Box
TOP
316 Shares