आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष
नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्ने सम्भावना छ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा हासिल गर्न सक्नेछन्। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त हुने योग रहेको छ।
शुभ रंग: गुलाबी | शुभ अंक:

वृष
पुरानो अनुभवले नयाँ अवसरको सही उपयोग गर्न मद्दत गर्नेछ। स्वास्थ्यका लागि खानपिनमा विशेष ध्यान दिनुहोस्। व्यापार–व्यवसायमा धैर्य र मेहनतले राम्रो सफलता दिलाउनेछ।
शुभ रंग: निलो | शुभ अंक:

 मिथुन
आफ्नो व्यवहारबाट सबैको मन जित्न सफल हुनुहुनेछ। आशा र विश्वासले नयाँ ऊर्जा प्रदान गर्नेछ। विद्यार्थीहरूको पढाइमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
शुभ रंग: सेतो | शुभ अंक:

कर्कट
आत्मविश्वास, प्रगति र सन्तुष्टिको अनुभव हुने दिन छ। रोकिएका कामहरू अघि बढ्नेछन्। व्यक्तिगत वा गोपनीय जानकारी बाहिर नजान दिने सावधानी अपनाउनुहोस्।
शुभ रंग: बैजनी | शुभ अंक:

 सिंह
अरूलाई प्रेरणा दिने काम गर्न सक्नुहुनेछ। सम्मानसँगै जिम्मेवारी पनि बढ्न सक्छ। आफन्तको सहयोगले नयाँ आशा जगाउनेछ। आत्मअनुशासनका कारण काम समयमै सम्पन्न हुनेछन्।
शुभ रंग: हरियो | शुभ अंक:

कन्या
प्रभावशाली व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्न सक्छ। शुभचिन्तकको सुझाव लाभदायी हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारका सिलसिलामा यात्रा गर्नुपर्ने सम्भावना छ।
शुभ रंग: सेतो | शुभ अंक:

 तुला
कार्यक्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुन सक्छ। परिवारका ज्येष्ठ सदस्यको साथ र सहयोग मिल्नेछ।
शुभ रंग: केशरी | शुभ अंक:

 वृश्चिक
आफन्तसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ र आर्थिक पक्ष बलियो रहनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक:

धनु
साझेदारी व्यवसायमा विशेष लाभ मिल्नेछ। अनावश्यक यात्रा नगर्नु उपयुक्त हुनेछ। निर्णय क्षमता बलियो रहनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ र नयाँ जिम्मेवारी हात लाग्न सक्छ।
शुभ रंग: रातो | शुभ अंक:

 मकर
खर्चमा नियन्त्रण राख्नुहोस्। नयाँ लगानीका लागि केही समय पर्खनु उचित हुनेछ। ठूला काममा हतार नगर्नुहोस्। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक:

 कुम्भ
भावनामा बगेर कुनै निर्णय नगर्नुहोस्। लामो दूरीको यात्रा सकेसम्म टार्नुहोस्। प्रेम सम्बन्धमा सुधार आउने संकेत छ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक:

 मीन
रूखो बोली नै आजको सबैभन्दा ठूलो शत्रु बन्न सक्छ। कुनै पनि विषयमा हतारमा धारणा नबनाउनुहोस्। धन लाभको योग रहेको छ। अरूलाई अनावश्यक सल्लाह दिनबाट टाढा रहनु राम्रो हुनेछ।
शुभ रंग: सुन्तला | शुभ अंक:

Facebook Comments Box
TOP
359 Shares