

साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका ठूला नदीहरूको बहाव हाल सामान्य अवस्थामा रहेको जनाएको छ। बुधबार बिहान जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
महाशाखाका अनुसार कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव सामान्य अवस्थामा रहेको छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नदेखिए पनि विभिन्न जिल्लाका साना नदी तथा खोलामा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको चेतावनी दिइएको छ।
आज असार ३१ गते पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र उदयपुर भएर बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका साना नदीमा पनि आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै लमजुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान र दाङलगायतका जिल्लाका नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। ती क्षेत्रका साना नदीमा पानीको सतह बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी दुई दिन पनि सतर्कता अपनाउन आग्रह गरेको छ। असार ३२ गते र साउन १ गते देशका सातै प्रदेश भएर बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।
बाढीको जोखिम भएका क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, मौसमको अवस्था र स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





