आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ २३ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा तोकिएको छ। त्यस्तै क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैङ्कले आवश्यकता अनुसार जुनसुकै समयमा पनि विदेशी मुद्राको विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको आधिकारिक वेबसाइटबाट हेर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ।

Facebook Comments Box
TOP
105 Shares