

रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
रौतहट । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर प्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ।
घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि गरुडा बजारस्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१ दशमलव ५ प्रतिशत भाग जलेको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बिहान करिब ४:१५ बजे काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
अस्पतालबाट घटनाको जानकारी बिहान करिब ४ बजे प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट असई मनोज दासको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
सहनी गरुडा बजारस्थित झाझ पुलनजिक सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्नो परिवार र तीन छोराको पालनपोषण गर्दै आएका थिए।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





