

झापामा ५ करोड बराबरको ३८ टन खरबुजा बीउ बरामद, व्यवसायीले भने ‘सबै कानुनी’ भएको दाबी
झापा । झापाको भद्रपुर नगरपालिका–३ स्थित एक गोदामबाट प्रहरीले करिब ३७ हजार ९२० किलोग्राम (करिब ३८ टन) खरबुजाको बीउ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको छापामारीमा ९४८ बोरा बीउ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद गरिएको बीउको अनुमानित मूल्य ४ देखि ५ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले शंकास्पद रूपमा भण्डारण गरिएको आशंकामा उक्त बीउ नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको छ। प्रारम्भिक अनुसन्धानमा भारतले खरबुजा बीउ आयातमा कडाइ गरेपछि नेपाल हुँदै अवैध रूपमा तस्करी हुने सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यता, सामानका दाबीकर्ता व्यवसायी राजेन्द्र थापा मगरले भने आफूले खरबुजाको बीउ कानुनी रूपमा खरिद गरी सबै कर तथा भन्सार शुल्क तिरेको दाबी गरेका छन्। उनले प्रहरीबाट अन्यायपूर्ण रूपमा सामान जफत गरिएको आरोप लगाउँदै भन्सारका बिल तथा रसिद आफूसँग रहेको बताएका छन्। घटनाबारे सम्बन्धित निकायले विस्तृत अनुसन्धान गरिरहेको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





