

उच्च जोखिमपूर्ण उद्धारमा खटिने एपीएफ कर्मचारीलाई विशेष भत्ता दिने सरकारको निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपद्का बेला उच्च जोखिमपूर्ण खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल (एपीएफ) का कर्मचारीलाई विशेष भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यो व्यवस्था विशेषगरी गहिरो पानीमा उद्धार (डीप डाइभ) तथा हिमाली क्षेत्रमा उद्धार गर्ने तालिमप्राप्त सुरक्षाकर्मीलाई लक्षित गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
निर्णयअनुसार उद्धारमा खटिने एपीएफ कर्मचारीले आधारभूत तलबको १५ प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउनेछन्। साथै, उद्धार कार्यमा खटिएको प्रत्येक दिनका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ दैनिक जोखिम भत्ता पनि उपलब्ध गराइनेछ।
सरकारले मनसुन तथा अन्य प्राकृतिक विपद्का बेला ज्यानको जोखिम मोलेर उद्धारमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो निर्णय गरिएको जनाएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





