

यूएन प्रहरी शिखर सम्मेलन सम्पन्न गरी आईजीपी दान कार्की स्वदेश फर्किए
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित पाँचौं “United Nations Chiefs of Police Summit (UNCOPS) 2026” मा सहभागी भई आज स्वदेश फर्किएका छन्।
आईजीपी कार्की नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूले औपचारिक स्वागत गरेका थिए।
नेपाल प्रहरीका अनुसार सम्मेलनका क्रममा विश्वका विभिन्न मुलुकका प्रहरी प्रमुखहरूसँग शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, आधुनिक सुरक्षा चुनौती, शान्ति मिसन तथा प्रहरी सेवाको प्रभावकारिताबारे विचार–विमर्श भएको थियो। उक्त सहभागिताले नेपाल प्रहरीको अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





