

लागुऔषध सेवन गरेर सवारी चलाउने ५ चालकको लाइसेन्स खारेजी प्रक्रिया अघि
बर्दिया । बर्दियामा लागुऔषध सेवन गरी सवारी चलाएको पाइएपछि पाँच जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा पत्राचार गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार हुलाकी सडकखण्डमा गरिएको चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि सम्बन्धित चालकहरूको लाइसेन्स खारेजीका लागि प्रक्रिया अघि बढाइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले सडक दुर्घटनाको प्रमुख कारणमध्ये मादक पदार्थ तथा लागुऔषध सेवन पनि भएकाले नियमित र छड्के जाँचलाई कडाइ गरिएको बताए।
प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा बर्दियामा भएका सडक दुर्घटनामा ४६ जनाको मृत्यु र ९०८ जना घाइते भएका छन्। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित सचेतनामूलक कार्यक्रमसँगै मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षणलाई निरन्तरता दिएको जनाएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





