

सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २१ ढोका खोलिए
सुनसरी । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। गएराति अबेर कोशी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
पूर्वी नेपालमा वर्षा जारी रहेकाले आगामी केही समय नदीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहरका ढोका गरी कुल ५६ वटा ढोका रहेका छन्।
कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।
वर्षायाम सुरु भएसँगै सामान्य अवस्थामा शान्त देखिने सप्तकोसी नदी उग्र बन्दै जाने भएकाले नेपालका पूर्वी जिल्लासहित भारतका सीमावर्ती क्षेत्रसमेत उच्च सतर्कतामा रहने गरेका छन्।
असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने लगातार वर्षाका कारण सप्तकोसीसहित अन्य नदीहरूमा पनि पानीको सतह बढ्ने, डुबान तथा कटानको जोखिम बढ्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
भक्तपुरको बोडे होल्डिङ सेन्टरमा राष्ट्रिय सभा समितिको अनुगमन, पीडितका १५ बुँदे माग सरकारसमक्ष उठाउने प्रतिबद्धता
-
अदालतको आदेश नमानेर कवाडी बोकेको गाडी रोकिएको आरोप, व्यवसायीद्वारा आत्मदाह प्रयास
-
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद
-
साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.4kViews 359 Shares Share on Facebook Share on Twitter मेष नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा…





