

एसएसपी दिपक पोखरेलद्वारा भैरहवा प्रहरी कार्यालयमा बालमैत्री तथा स्तनपान कक्ष उद्घाटन
भैरहवा । नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत महिला प्रहरी कर्मचारीलाई थप सहज, सुरक्षित र कार्यमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको बालमैत्री कक्ष तथा स्तनपान कक्षको उद्घाटन सम्पन्न भएको छ।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक पोखरेलले एक कार्यक्रमबीच उक्त कक्षको उद्घाटन गर्नुभएको हो। महिला प्रहरी कर्मचारीले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा बालबालिकाको हेरचाह र स्तनपानसम्बन्धी आवश्यकतालाई सहज बनाउने उद्देश्यले कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ।
बालमैत्री कक्षलाई बालबालिकाको सिकाइ, सिर्जनशीलता र मनोरञ्जनलाई ध्यानमा राखेर व्यवस्थित गरिएको छ। कक्षमा स्मार्ट लेखन बोर्ड, नेपाली तथा अङ्ग्रेजी वर्णमाला चार्ट, अङ्क तथा संख्या सम्बन्धी शैक्षिक सामग्री, पजल, डाइस, बल, खेलौना गाडी, डम्पर, फलफूल सेट, चिकित्सकीय खेल सामग्रीलगायत उमेरअनुकूल विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री राखिएको छ।
उद्घाटन कार्यक्रममा एसएसपी पोखरेलले महिला प्रहरी कर्मचारीको कार्यस्थललाई थप अनुकूल, सुरक्षित र संवेदनशील बनाउन यस्ता पहल महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बालबालिकामैत्री वातावरण निर्माणले प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्नुका साथै सेवाप्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
यस कक्षको सञ्चालनसँगै कार्यालयमा आउने बालबालिका तथा महिला प्रहरी कर्मचारीका सन्तानका लागि सुरक्षित, स्नेहपूर्ण र बालमैत्री वातावरण सुनिश्चित हुने अपेक्षा गरिएको छ। नेपाल प्रहरीले कार्यस्थलमा लैङ्गिक संवेदनशीलता र कर्मचारीमैत्री वातावरण निर्माणतर्फ अघि बढाएको प्रयासका रूपमा यस पहललाई लिइएको छ।
समाज
थप सामाग्री-
भक्तपुरको बोडे होल्डिङ सेन्टरमा राष्ट्रिय सभा समितिको अनुगमन, पीडितका १५ बुँदे माग सरकारसमक्ष उठाउने प्रतिबद्धता
-
अदालतको आदेश नमानेर कवाडी बोकेको गाडी रोकिएको आरोप, व्यवसायीद्वारा आत्मदाह प्रयास
-
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद
-
साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.5kViews 359 Shares Share on Facebook Share on Twitter मेष नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा…





