

गोल्डेन बुटको दौडमा मेसीको अग्रता, एमबाप्पेलाई पछि पारे
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकपको ‘गोल्डेन बुट’ जित्ने दौडमा शीर्ष स्थानमा उक्लिएका छन्।
बिहीबार बिहान अमेरिकाको एटलान्टामा भएको विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाउँदा मेसीले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलमा गोल गर्न नसके पनि अर्जेन्टिनाले गरेका दुवै गोलमा सहयोगी भूमिका निर्वाह गर्दै आफ्नो दाबेदारी थप बलियो बनाए।
यसअघि गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पार्दै मेसी शीर्ष स्थानमा पुगेका हुन्। प्रतियोगितामा दुवै खेलाडीले समान सात खेल खेल्दै ८–८ गोल गरेका छन्। तर फिफाको नियमअनुसार गोल संख्या बराबर भएमा असिस्ट (गोलका लागि सहयोग) को संख्या निर्णायक हुने भएकाले मेसी अगाडि पुगेका हुन्।
मेसीको नाममा हाल चार असिस्ट रहेको छ भने एमबाप्पेले तीन असिस्ट गरेका छन्। यही आधारमा मेसीले गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन्।
फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भइसकेकाले एमबाप्पेसँग अब तेस्रो स्थानका लागि हुने खेल मात्र बाँकी छ। उक्त खेलमा उनले गोल वा असिस्ट थप्न सके मेसीमाथि दबाब सिर्जना गर्न सक्नेछन्। तर मेसीसँग भने स्पेनविरुद्ध हुने फाइनल खेल बाँकी रहेकाले आफ्नो अग्रता अझ मजबुत बनाउने अवसर छ।
गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका अन्य खेलाडी भने बाहिरिइसकेका छन्। सात गोल गरेका नर्वेका अर्लिङ हालान्ड, छ–छ गोल गरेका इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङघम तथा पाँच गोल गरेका फ्रान्सका उसमान डेम्बेले अब दौडमा छैनन्।
अब हुने फाइनल खेलले विश्वकप विजेताको टुंगो लगाउनुका साथै प्रतियोगिताको सर्वाधिक गोलकर्ता अर्थात् ‘गोल्डेन बुट’ विजेताको समेत फैसला गर्नेछ। मेसीका लागि यो व्यक्तिगत उपलब्धि हासिल गर्ने महत्वपूर्ण अवसर बनेको छ।
समाज
थप सामाग्री-
भक्तपुरको बोडे होल्डिङ सेन्टरमा राष्ट्रिय सभा समितिको अनुगमन, पीडितका १५ बुँदे माग सरकारसमक्ष उठाउने प्रतिबद्धता
-
अदालतको आदेश नमानेर कवाडी बोकेको गाडी रोकिएको आरोप, व्यवसायीद्वारा आत्मदाह प्रयास
-
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद
-
साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.5kViews 359 Shares Share on Facebook Share on Twitter मेष नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा…





