पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ, होटल व्यवसायी नआत्तिनुस् : प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइसकेको भन्दै होटल व्यवसायीहरूलाई अब चिन्ता नगर्न आग्रह गरेका छन्। होटल व्यवसायीहरूसँगको छलफलमा उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न र कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै विशेषगरी साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता हुन, करको दायरामा आउन तथा व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउन निर्देशन दिएका छन्।

उनले पर्यटन पूर्वाधार तथा सेवा विस्तारका लागि सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा सहकार्य गर्ने सम्भावनाबारे अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवस्थित र लगानीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

Facebook Comments Box
TOP
298 Shares