विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने, मेस्सी–यामाल भिडन्तमा विश्वको नजर

काठमाडौं । सन् २०२६ फिफा विश्वकपको फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ को रोमाञ्चक पुनरागमन जितसहित उपाधि नजिक पुगेको हो। फाइनल खेल आइतबार, जुलाई १९ मा हुनेछ।

यस फाइनलको मुख्य आकर्षण ३९ वर्षीय लियोनेल मेस्सी र १९ वर्षीय स्पेनी युवा स्टार लामिने यामालबीचको प्रतिस्पर्धा हुनेछ। फुटबल समर्थकहरूले यसलाई पुस्तान्तरणको प्रतीकात्मक भिडन्तका रूपमा पनि हेरेका छन्। दुई खेलाडीबीचको चर्चित बाल्यकालको भेटपछि अहिले उनीहरू विश्वकप फाइनलमा आमनेसामने हुन लागेका हुन्।

यता, गोल्डेन बुटको दौड पनि रोचक बनेको छ। मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे समान ८–८ गोल सहित शीर्ष स्थानमा छन्। फाइनल र तेस्रो स्थानको खेलले सर्वाधिक गोलकर्ताको निर्णय गर्ने सम्भावना छ। प्रतियोगितामा अर्जेन्टिनाले सर्वाधिक १९ गोल गर्दै आक्रामक प्रदर्शन गरेको छ भने अपराजित स्पेनले हालसम्म केवल एक गोल मात्रै व्यहोरेको छ, जसले फाइनललाई आक्रमण र रक्षाबीचको रोमाञ्चक भिडन्त बनाएको छ।

Facebook Comments Box
TOP
185 Shares