

ठक्करपछि शव बोकेर भागिरहेका भारतीय पक्राउ, एक फरार
सप्तरी । सप्तरीमा एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई १४ वर्षीय मोहम्मद सादिकको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भाग्ने प्रयास गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी चौकी बिसनपुरबाट खटिएको टोलीले शंकास्पद मोटरसाइकल पछ्याउँदा बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान नजिक शव फालेर भाग्न खोजेका थिए। स्थानीयको सहयोगमा भारतको मधुवनी जिल्ला, पिपराहीका २८ वर्षीय मो. सादर नट पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार छन्।
प्रहरीका अनुसार घटना दुर्घटना हो वा अन्य कुनै आपराधिक घटना भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका–५ स्थित एक मासु पसलमा काम गर्ने गरेको प्रारम्भिक जानकारी छ। घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गरेका थिए।
समाज
थप सामाग्री-
भक्तपुरको बोडे होल्डिङ सेन्टरमा राष्ट्रिय सभा समितिको अनुगमन, पीडितका १५ बुँदे माग सरकारसमक्ष उठाउने प्रतिबद्धता
-
अदालतको आदेश नमानेर कवाडी बोकेको गाडी रोकिएको आरोप, व्यवसायीद्वारा आत्मदाह प्रयास
-
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद
-
साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 359 Shares Share on Facebook Share on Twitter मेष नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा…





