इरानका ८ मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान । जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीमार्फत बिहीबार जोर्डनतर्फ प्रहार गरिएका आठ वटा इरानी मिसाइल सफलतापूर्वक खसालेको दाबी गरेको छ। सैन्य स्रोतका अनुसार स्थापित रक्षात्मक तथा सञ्चालन प्रक्रियाअनुसार मिसाइलहरू निष्क्रिय पारिएको हो।

जोर्डनियन सशस्त्र बलको जनरल कमान्डका अनुसार घटनामा कुनै मानवीय वा भौतिक क्षति भएको छैन। रोयल इन्जिनियरिङ कोर्प्सको टोलीले विभिन्न स्थानमा खसेका मिसाइलका भग्नावशेष सुरक्षित रूपमा व्यवस्थापन गरेको जनाएको छ।

जोर्डनले आफ्नो हवाई क्षेत्रको निगरानी उच्च सतर्कतासाथ जारी रहेको उल्लेख गर्दै स्थापित सुरक्षा मापदण्डअनुसार कुनै पनि सम्भावित खतराको सामना गर्न सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।

Facebook Comments Box
TOP
314 Shares