

सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकार लाग्नुपर्छ : सांसद ऐनबहादुर महर
काठमाडौं । प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले सरकारले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार भए अभिभावकले महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउनुपर्ने अवस्था अन्त्य हुने बताए। उनले राज्यकोषबाट तलब, भत्ता वा सुविधा लिने सबै कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमै अध्ययन गराउने नीति लागू गर्न पनि सरकारसँग माग गरे।
महरले स्वास्थ्य बिमाको दायरा र सुविधा घटाउने तयारीले सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच कमजोर हुने दाबी गर्दै सरकारको आलोचना गरे। साथै, सुशासन र मेरिटोक्रेसीको नाममा योग्यता र क्षमताभन्दा पहुँचका आधारमा नियुक्ति हुने प्रवृत्ति बढेको आरोप पनि लगाए।
समाज
थप सामाग्री-
भक्तपुरको बोडे होल्डिङ सेन्टरमा राष्ट्रिय सभा समितिको अनुगमन, पीडितका १५ बुँदे माग सरकारसमक्ष उठाउने प्रतिबद्धता
-
अदालतको आदेश नमानेर कवाडी बोकेको गाडी रोकिएको आरोप, व्यवसायीद्वारा आत्मदाह प्रयास
-
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद
-
साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.5kViews 359 Shares Share on Facebook Share on Twitter मेष नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा…





