

लाइसेन्ससम्बन्धी सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन
काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालनमा ल्याएको छ।
विभागका अनुसार अब लाइसेन्सको आवेदन, नवीकरण तथा राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिनेछ। सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
अनलाइन सेवालाई सहज बनाउन सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा व्यक्तिगत विवरण स्वतः भर्न सकिनेछ।
विभागले यस व्यवस्थाबाट सेवाग्राहीलाई फारम भर्न र राजस्व तिर्न लामो लाइन बस्नुपर्ने झन्झट अन्त्य भई सेवा थप सहज, छिटो र पारदर्शी हुने विश्वास व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
२ दिन अगाडि
2.5kViews 275 Shares Share on Facebook Share on Twitter काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि…





