संसद मार्चका कारण दिल्ली अस्तव्यस्त, पाँच मेट्रो स्टेशन बन्द

नयाँ दिल्ली । संसद मार्चका कारण भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएपछि पाँच प्रमुख मेट्रो स्टेशन बन्द गरिएका छन्। यसका कारण सयौँ यात्रु प्रभावित भएका छन् भने विभिन्न क्षेत्रमा आवागमन अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राजीव चौक, जनपथ, पटेल चौक, सेन्ट्रल सेक्रेटरिएट र सेवा तीर्थ मेट्रो स्टेशन अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। स्टेशन बन्द भएपछि कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

प्रहरीले प्रदर्शनलाई लक्षित गर्दै जन्तर–मन्तरतर्फ जाने मुख्य सडकहरूमा सुरक्षा व्यवस्था कडा बनाएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसन (DMRC) ले सुरक्षा कारण देखाउँदै यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Facebook Comments Box
TOP
334 Shares