

‘चलो संसद’ मार्चपछि दिल्लीमा तनाव, प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) ले आयोजना गरेको ‘चलो संसद’ मार्च संसद भवननजिक पुगेपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। संसद परिसर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदर्शन नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जन्तर–मन्तरबाट सुरु भएको मार्चका क्रममा प्रदर्शनकारीहरूले संसद भवननजिकको ब्यारिकेड तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ।
घटनाका बेला संसद्को मनसुन अधिवेशन जारी रहेको थियो। बाहिर प्रदर्शन चर्किएपछि संसद् बैठक केही समयपछि स्थगित गरिएको जनाइएको छ। यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिसकेका छन् भने प्रदर्शनको नेतृत्व गरिरहेका सिजेपीका संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
समाज
थप सामाग्री-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
२ दिन अगाडि
2.5kViews 275 Shares Share on Facebook Share on Twitter काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि…





