फलफूलको गाडीमा लुकाएर ल्याइएको ६५२ किलो गाँजा सिराहामा बरामद, तीन जना पक्राउ

सिराहा । सिराहाको लहानबाट प्रहरीले फलफूल बोक्ने गाडीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले लहान नगरपालिका–३ स्थित एक घर कम्पाउन्डबाट ६५२ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार पार्किङ गरेर राखिएको बा २१ च ५८६६ नम्बरको पिकअप गाडीभित्र फलफूलमुनि लुकाइएको अवस्थामा गाँजा फेला परेको थियो । लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डमा राखिएको उक्त गाडीबाट गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले जानकारी दिए ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ की ३८ वर्षीया श्यामकुमारी साह, उनका १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतो रहेका छन् ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि बरामद गाँजासहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले बताए । प्रहरीले लागुऔषध कारोबारको सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि

2.8kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
297 Shares