बाढी–पहिरोको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध, ११ आंशिक सञ्चालनमा

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका ६ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ वटा सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन्।

सडक विभागका अनुसार हालसम्म पहिरोका कारण अवरुद्ध भएका ३३ वटा सडकखण्ड मर्मत तथा पहिरो पन्छाएपछि पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित स्थानमा तीव्र गतिमा काम भइरहेको विभागले जनाएको छ।

विभागका महानिर्देशक विजय जैशीका अनुसार डोजर, एक्साभेटर, लोडरलगायत भारी उपकरण परिचालन गरी पहिरो हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। सडक अवरोध हटाएर यातायात सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको उनले बताए।

सडक विभागले वर्षायाममा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको अवस्थाबारे अग्रिम जानकारी लिएर मात्र यात्रा गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि

2.8kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
466 Shares