

डिआईजी ओम अधिकारीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षरोपण
जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषाको परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।
“रुख रोपौं, वातावरण जोगाऔं” भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकाल, प्रहरी उपरीक्षक (एसपी) ई. ईश्वर थापा, प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजाललगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत, प्रहरी हवल्दार र जवानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा डिआईजी अधिकारीले वातावरण संरक्षण प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै वृक्षरोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
समाज
थप सामाग्री-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि
2.8kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…





