हदबन्दीभन्दा बढी जग्गा राख्ने संस्था र कम्पनीको स्थलगत अनुगमन गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा स्वामित्वमा राख्न सरकारी स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान, आयोजना तथा विभिन्न संस्थाको स्थलगत अनुगमन गर्न देशभरका ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

विभागले सम्बन्धित कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट विवरण प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै पुगेर वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन पेस गर्न भनेको हो।

भूमिसम्बन्धी ऐनअनुसार सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा राख्ने संस्था तथा कम्पनीले उक्त जग्गा स्वीकृत उद्देश्यअनुसार प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ।

विभागले कानुनी व्यवस्थाअनुसार स्थलगत निरीक्षण सम्पन्न गरी यथाशीघ्र प्रतिवेदन बुझाउन सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
३ दिन अगाडि

2.8kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
424 Shares