हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, पुराना मेसिनको परीक्षण सुरु

हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। उद्योग परिसरको सरसफाइ सम्पन्न भइसकेको छ भने विद्युत् लाइन जडानसँगै नेपाली सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले उद्योगमा पुगेर पुराना मेसिनहरूको प्रारम्भिक परीक्षण गरेको छ।

सरकारको योजनाअनुसार उद्योग पुनः सञ्चालनमा आएमा नेपाली सेना र नेपाल प्रहरीका युनिफर्म स्वदेशमै उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसबाट आयातमा निर्भरता घट्ने, अर्बौँ रुपैयाँ बचत हुने तथा स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

उद्योगलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक मूल्याङ्कन, पूर्वाधार सुधार तथा थप तयारीका काम अघि बढिरहेको सम्बन्धित निकायले जनाएको छ।

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि

2.7kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
195 Shares