बसपार्क होटल हत्या प्रकरण: एक लाख रुपैयाँको विवादपछि युवतीको हत्या, शव तीन दिन पलङमुनि लुकाइएको प्रहरीको अनुसन्धानबाट खुलासा

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलको कोठाभित्र युवतीको शव तीन दिनसम्म पलङमुनि लुकाइएको अवस्थामा फेला परेको घटनामा प्रहरीले हत्या एक लाख रुपैयाँको विवादपछि भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार होटल माउन्टेन एल्सिभाको कोठा नम्बर ४०४ मा मृत फेला परेकी २५ वर्षीया युवतीको हत्या आरोपमा रमेश बुढा र दानबहादुर शाही पक्राउ परेका छन्। हाल उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरी अनुसन्धानअनुसार रमेश बुढा पोखराबाट कमाएको करिब एक लाख रुपैयाँ बोकेर काठमाडौं आएका थिए। बसपार्क क्षेत्रमा युवतीसँग भेट भएपछि होटल पुगेका उनी नुहाउन गएको बेला युवतीले उनको रकम लिएर फरार भएको आरोप छ। त्यसपछि युवतीको खोजीमा रहेका रमेशले पुनः भेटेपछि होटलमा लगेर रकमको विषयमा विवाद हुँदा हत्या गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार घटनापछि शव पलङमुनि लुकाइएको थियो। साउन १ गते होटल छाडेपछि सोही कोठामा अन्य ग्राहकसमेत बसेका थिए। शव कुहिन थालेपछि साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि पलङमुनि शव फेला परेको थियो।

सीसीटीभी फुटेज, होटलको लगबुक तथा अन्य प्रमाणका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि

2.7kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
487 Shares