

खानामा कपाल, जवाफमा लापरवाही : उपभोक्ता अधिकारमाथि खेलवाड कहिलेसम्म?

राजधानी काठमाडौंमै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षामाथि गम्भीर लापरवाहीको घटना सार्वजनिक भएको छ। टोखा रोडस्थित ग्रिनल्याण्ड क्षेत्रमा सञ्चालनमा रहेको ‘मिठाे झोल मःम’ मा उपभोक्ताले खान लागेको मःमभित्र कपाल भेटिनु केवल एउटा सामान्य त्रुटि होइन, यो खाद्य स्वच्छताको न्यूनतम मापदण्डमाथिको गम्भीर प्रश्न हो।
खानामा कपाल भेटिनु आफैंमा अस्वच्छताको संकेत हो। तर अझ चिन्ताजनक विषय त त्यसपछि देखिएको व्यवसायीको गैरजिम्मेवार व्यवहार हो। उपभोक्ताले गुनासो गर्दा गल्ती स्वीकार गरी सुधारको प्रतिबद्धता जनाउनुको सट्टा ‘यस्तो त कहिलेकाहीँ भइहाल्छ’ भन्ने शैलीमा घटना सामान्यीकरण गर्नु उपभोक्ताप्रतिको चरम बेवास्ता हो।
व्यवसाय सञ्चालन गर्नु भनेको केवल नाफा कमाउनु मात्र होइन, उपभोक्ताको स्वास्थ्य, विश्वास र सुरक्षाको जिम्मेवारी लिनु पनि हो। केही रकम कमाउने लोभमा खाद्य स्वच्छतामा सम्झौता गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। अझ कानुनी कारबाहीको चेतावनी दिँदा ‘जे गर्नुपर्छ गर्नुहोस्, कसैले केही गर्न सक्दैन’ भन्ने चुनौतीपूर्ण अभिव्यक्ति आएको हो भने त्यो केवल एक ग्राहकप्रतिको अपमान होइन, समग्र उपभोक्ता अधिकारमाथिको उपेक्षा हो।
नेपालको उपभोक्ता संरक्षण ऐन र खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनले नागरिकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ। खाद्य पदार्थमा कपाल, फोहोर वा अन्य दूषित वस्तु भेटिनु कानुनको दृष्टिमा गम्भीर विषय हो। यस्ता घटनामा अनुगमन, अनुसन्धान र दोषीमाथि प्रभावकारी कारबाही अनिवार्य हुन्छ।
तर प्रश्न यहाँ केवल एउटा मःम पसलको मात्र होइन। राजधानीका होटल, रेष्टुरेन्ट र खाद्य व्यवसायमा सरकारी अनुगमन कति प्रभावकारी छ भन्ने विषय पनि यस घटनाले उजागर गरेको छ। अनुगमन केवल घटना सार्वजनिक भएपछि मात्र होइन, नियमित र प्रभावकारी रूपमा हुनुपर्छ। उपभोक्ताको स्वास्थ्य जोखिममा परेपछि मात्रै सक्रिय हुने प्रणालीले खाद्य सुरक्षाको प्रत्याभूति गर्न सक्दैन।
सम्बन्धित निकायले यस घटनालाई सामान्य उजुरीका रूपमा होइन, उपभोक्ता स्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिन आवश्यक छ। दोषी देखिए कानुनअनुसार कडा कारबाही हुनुपर्छ, ताकि भविष्यमा कुनै व्यवसायीले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई हल्का रूपमा लिन नसकोस्।
खाद्य व्यवसायमा स्वच्छता विकल्प होइन, अनिवार्य जिम्मेवारी हो। उपभोक्ताको विश्वासमाथि खेलवाड गर्ने छुट कसैलाई छैन। काठमाडौंजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो घटनाले स्पष्ट सन्देश दिन्छ—अब लापरवाही गर्ने व्यवसायीलाई चेतावनी मात्र होइन, कडा कानुनी जवाफदेहिता आवश्यक छ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





