

मुस्ताङको शिन्ता मणि विश्वकै नम्बर १ लक्जरी होटल घोषित

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। मुस्ताङस्थित शिन्ता मणि मुस्ताङ (Shinta Mani Mustang) लाई विश्वप्रसिद्ध Robb Report ले सार्वजनिक गरेको “50 Greatest Luxury Hotels on Earth 2026” सूचीमा विश्वकै नम्बर १ लक्जरी होटल घोषणा गरेको छ।
नेपालको Sherpa Hospitality Group द्वारा सञ्चालित शिन्ता मणि मुस्ताङले उत्कृष्ट सेवा, विलासी आतिथ्य, स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य तथा अतुलनीय अतिथि अनुभवका आधारमा यो प्रतिष्ठित सम्मान प्राप्त गरेको हो।
२४ जना अन्तर्राष्ट्रिय लक्जरी ट्राभल विशेषज्ञले विश्वभरका होटलहरूको मूल्याङ्कनपछि तयार गरिएको उक्त सूचीमा शिन्ता मणि मुस्ताङ पहिलो स्थानमा परेको हो। यसअघि पनि होटलले सन् २०२४ र २०२५ मा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको थियो।
पर्यटन क्षेत्रका विज्ञहरूले यस उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय छवि अझ सुदृढ हुने, उच्चस्तरीय विदेशी पर्यटकको आगमन बढ्ने तथा लक्जरी पर्यटनमा नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





