

समस्या समाधान गर्दै सरकार प्रभावकारी रूपमा अघि बढिरहेको छ : सरकारका प्रवक्ता सस्मित पोखरेल

जनकपुरधाम । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्दै प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन्। चुनौतीलाई अवसरका रूपमा लिएर जनताको अपेक्षाअनुसार परिणाममुखी काम भइरहेको उनले दाबी गरे।
सोमबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारले विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको बताए।
त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक भएको घटनाबारे बोल्दै उनले मुख्य आरोपी पक्राउ परिसकेको र अन्य संलग्न व्यक्तिमाथि पनि अनुसन्धान जारी रहेको जानकारी दिए। घटनामा दोषी ठहरिने कसैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति नदिइने उनले स्पष्ट पारे।
मन्त्री पोखरेलले राजर्षि जनक विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्ति तथा स्थायी भवन निर्माणको प्रक्रिया छिट्टै अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। साथै, ‘साक्षर मधेश प्रदेश’ घोषणा सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको र आवश्यक समन्वयपछि प्रक्रिया अगाडि बढाइने बताए।
जनकपुरधाम भ्रमणका क्रममा उनले संकट मोचन विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री पनि वितरण गरेका छन्। शिक्षा क्षेत्रको सुधार, शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको विस्तार तथा जनताका समस्याको समाधान सरकारको प्राथमिकतामा रहेको मन्त्री पोखरेलले बताए।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





