काठमाडौंका ३० स्थानमा डीडीसीका ‘डेडिकेटेड आउटलेट’ खुल्ने, होम डेलिभरी सेवा पनि सुरु हुँदै

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौं उपत्यकामा ३० स्थानमा ‘डेडिकेटेड आउटलेट’ सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। अभियानअन्तर्गत साउन महिनाभित्रै बूढानीलकण्ठ, कलंकी र कोटेश्वरमा नयाँ आउटलेट सञ्चालनमा ल्याइने भएको छ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै डीडीसीले अनलाइन अर्डर र होम डेलिभरी सेवा पनि सुरु गर्ने तयारी गरेको जनाएको छ। यस सेवामार्फत दूध तथा विभिन्न दुग्धजन्य उत्पादन घरमै उपलब्ध गराइनेछ।

डीडीसीका अनुसार काठमाडौं उपत्यकाभर ३० वटा आधुनिक आउटलेट विस्तार गर्ने लक्ष्य राखिएको छ। नयाँ आउटलेटहरूबाट घिउ, मख्खन, पनिर, दही, रसभरीलगायत डीडीसीका गुणस्तरीय दुग्धजन्य उत्पादन सहज रूपमा खरिद गर्न सकिनेछ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
184 Shares