आज साउन १३ गते बुधबार,यस्तो छ तपाईको राशिफल

मेष- आज चुनौती र संघर्षका बीच पनि काममा सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक जीवनका लागि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च बढ्न सक्छ । मनपर्ने लुगा, गहना तथा आधुनिक सामग्री खरिद गर्ने इच्छा जाग्न सक्छ ।

वृष- काम वा व्यवसायमा केही अवरोध आउन सक्छ । तनाव लिनुभन्दा कामको गुणस्तर सुधारमा ध्यान दिनु राम्रो हुनेछ । स्वास्थ्यमा विशेष गरी रक्तचाप सम्बन्धी समस्या भएकाले सावधानी अपनाउनुहोस् । धैर्य र अनुशासनले सफलता दिलाउनेछ ।

मिथुन- आज रमाइलो र उत्साहपूर्ण दिन रहनेछ । अविवाहितका लागि नयाँ सम्बन्धको सम्भावना छ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ भने परिवार र जीवन साथीलाई पनि समय दिनुपर्ने अवस्था रहनेछ । घुमफिर र प्रेम सम्बन्धका लागि दिन अनुकूल छ ।

कर्कट- भोग विलासका सामाग्री प्रति आकर्षण बढ्नेछ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना रहेपनि कार्य क्षेत्रमा केही चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । दैनिक काम सहज रूपमा सम्पन्न हुनेछन् । अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ ।

सिंह- बौद्धिक क्षमता र सिर्जनशीलता बढ्ने दिन छ । अध्ययन, अनुसन्धान, प्रतियोगिता तथा परीक्षामा सफलता मिल्ने योग छ । नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा कनिष्ठ सहकर्मीबाट पनि सहयोग मिल्ने सम्भावना छ ।

कन्या- कार्य क्षेत्र र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने दिन छ । वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित काममा प्रगति हुन सक्छ । गोपनीय विषयमा सतर्क रहनुहोस् । अनावश्यक आलोचना र विवादबाट टाढा रहनु उचित हुनेछ ।

तुला- साझेदार र सहकर्मीको सहयोगले काममा सहजता आउनेछ । सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । मान्यजन तथा आफन्तसँगको सम्बन्ध थप मजबुत बन्नेछ । आवश्यक पर्दा सहकर्मीको सहयोग लिन नहिच्किचाउनुहोस् ।

वृश्चिक- नियमित काम सहज रूपमा सम्पन्न हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने सम्भावना छ भने बचत पनि बढ्न सक्छ । प्रेम सम्बन्धमा सामान्य कुरालाई विवादको विषय नबनाउनु राम्रो हुनेछ । मीठो बोली र व्यवहारले सफलता दिलाउनेछ ।

धनु- जीवन साथी वा प्रेमीसँगको सम्बन्ध थप सुमधुर बन्नेछ । सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ । कामको व्यस्तताका बीच पनि परिवारमा खुसीको वातावरण रहनेछ । नयाँ योजना र रणनीतिले आर्थिक पक्षमा सुधार ल्याउन सक्छ ।

मकर- आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । साझेदारीमा आर्थिक निर्णय गर्दा सावधानी अपनाउनुहोस् । मानसिक थकान महसुस भए केही समय आराम गरेर पुनस् काममा केन्द्रित हुनु राम्रो हुनेछ ।

कुम्भ- व्यक्तिगत प्रतिष्ठा बढ्ने सम्भावना छ । परिवारको उन्नतिका लागि नयाँ योजना सुरु हुन सक्छ । विदेश अध्ययन वा दीर्घकालीन योजनामा सफलता पाउन थप मेहनत आवश्यक पर्नेछ । भविष्यका योजना बनाउन आजको दिन उपयुक्त छ ।

मीन- आज मनोरञ्जनभन्दा काममा बढी व्यस्त रहनुपर्ने देखिन्छ । बौद्धिक तथा आध्यात्मिक गतिविधि प्रति रुचि बढ्नेछ । लेखन, परामर्श, कम्प्युटर, शेयर बजार, कानुनी सेवा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिका लागि दिन लाभदायक रहनेछ । आधुनिक प्रविधिसँग सम्बन्धित काममा पनि सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
148 Shares