

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बिहान सर्वदलीय बैठक बस्दैछ।
सिंहदरबारमा बिहान ८ बजे बस्ने बैठकमा पछिल्लो समय चर्चामा रहेको सुनसरी घटनासहित समसामयिक राजनीतिक तथा सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ।
लामिछानेको सचिवालयका अनुसार बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गरिएको छ भने प्रमुख नेताहरूसँग व्यक्तिगत रूपमा फोनमार्फत समेत सहभागिताका लागि आग्रह गरिएको छ।
सुनसरी घटनापछि उत्पन्न अवस्था, सामाजिक सद्भाव, शान्ति सुरक्षा र आगामी कदमबारे साझा धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ। सर्वदलीय छलफलले घटनाको समाधानका लागि राजनीतिक सहमति खोज्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





