ग्वार्कोबाट सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद, तीन जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको ग्वार्को क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुङ्गा मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दिपक राई रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा लागुऔषध नेपाल भित्र्याई बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट ट्रामाडोलका १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नेपाली नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
165 Shares