

सुनसरी घटनाबारे सर्वदलीय बैठक, शान्ति र सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय एकतामा जोड

काठमाडौं । सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले देशमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखी राष्ट्रहितका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक प्रतिस्पर्धा आफ्नै ठाउँमा रहे पनि राष्ट्रिय संकटका बेला साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रमुख राजनीतिक दलका शीर्ष नेताबाट मार्गदर्शन लिन तथा आवश्यक परे सरकारलाई सामूहिक रूपमा ध्यानाकर्षण गराउने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिए।
उनले सरकार पनि घटनाप्रति सक्रिय रहेको उल्लेख गर्दै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको भन्दै सरकारले चासो नदिएको भन्नु उचित नहुने बताए।
लामिछानेले नागरिकको ज्यान गएको घटना अत्यन्त गम्भीर भएको उल्लेख गर्दै निष्पक्ष छानबिनपछि मात्र वास्तविक तथ्य सार्वजनिक हुने बताए। साथै, अपुष्ट सूचना र अफवाहबाट बच्न सबैलाई आग्रह गर्दै सामाजिक तथा धार्मिक सद्भाव भड्किन नदिन जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ, जुन छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





