देवानगञ्जमा कर्फ्यु कायमै, प्रशासनद्वारा घटनास्थल निरीक्षण र पीडित परिवारसँग भेटघाट

सुनसरी । सुनसरीको देवानगञ्ज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कर्फ्यु) आज पनि कायम रहेको छ। प्रशासनका अनुसार क्षेत्रको शान्ति–सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्र कर्फ्यु हटाइनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै मृतक र घाइतेका परिवारसँग भेटघाट गरेको छ।

पीडित पक्षले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको निष्पक्ष छानबिनको माग गरेको प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगञ्ज क्षेत्रमा शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमै रहेको जानकारी दिएका छन्।

यसैबीच, देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले घटनाले समाजमा क्षति पुगेको उल्लेख गर्दै सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्। हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले पनि पूर्वाग्रहभन्दा माथि उठेर शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
477 Shares