

आज गुरु पूर्णिमा तथा व्यास जयन्ती, गुरुप्रति श्रद्धा प्रकट गर्दै देशभर विभिन्न कार्यक्रम

काठमाडौं । असार शुक्ल पूर्णिमाका अवसरमा आज गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस दिन शिक्षा, दीक्षा र ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान व्यक्त गर्दै विभिन्न विद्यालय, धार्मिक संस्था तथा सङ्घ–संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।
धर्मशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानरूपी प्रकाश प्रदान गर्ने व्यक्तिलाई गुरु मानिन्छ। शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा वर्णन गरिएको छ र ‘आचार्यदेवो भव’ भन्ने मान्यता प्रचलित छ।
आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण, १८ उपपुराण र महाभारतका रचनाकार महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ।
यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंस्थित चम्पादेवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष कार्यक्रम आयोजना गरेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





