

चीनले स्वदेशमै विकसित DUV लिथोग्राफी मेसिनको व्यावसायिक उत्पादन सुरु गर्यो

बेइजिङ । चीनले स्वदेशमै विकास गरेको इमर्सन डीप–अल्ट्राभायोलेट (DUV) लिथोग्राफी मेसिनको व्यावसायिक उत्पादन सुरु गरेको छ। उन्नत सेमिकन्डक्टर (चिप) निर्माणका लागि अत्यावश्यक मानिने यो प्रविधिमा चीनको यो कदम विदेशी प्रविधिमाथिको निर्भरता घटाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ।
रोयटर्सका अनुसार, सांघाईस्थित सरकारी स्वामित्वको शंघाई आइसेङ्ना इलेक्ट्रोनिक टेक्नोलोजी ग्रुपले परियोजनाको नेतृत्व गरिरहेको छ। कम्पनीले चीनका प्रमुख लिथोग्राफी स्टार्टअपहरूको प्राविधिक टोलीलाई समेटेर उत्पादन प्रक्रिया अघि बढाएको जनाएको छ।
अमेरिका र नेदरल्यान्ड्सले अत्याधुनिक EUV तथा केही उन्नत DUV लिथोग्राफी मेसिनको निर्यातमा प्रतिबन्ध लगाएपछि चीनले स्वदेशी विकल्प विकासलाई प्राथमिकतामा राख्दै आएको छ। नयाँ DUV मेसिन यसै वर्ष SMIC, Hua Hong Semiconductor र ChangXin Memory Technologies (CXMT) जस्ता प्रमुख चिनियाँ चिप उत्पादक कम्पनीलाई उपलब्ध गराउने योजना रहेको बताइएको छ।
यद्यपि, चिनियाँ DUV मेसिन अझै परीक्षणकै चरणमा रहेकाले डच कम्पनी ASMLका अत्याधुनिक मोडेलसँग तत्काल प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नरहेको स्रोतहरूको भनाइ छ। उत्पादन क्षमता, विश्वसनीयता र कार्यसम्पादनका हिसाबले अझै थप विकास आवश्यक रहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार, यो उपलब्धिले तत्काल विश्व बजारमा ठूलो प्रभाव नपारे पनि दीर्घकालमा चीनलाई सेमिकन्डक्टर क्षेत्रमा आत्मनिर्भर बन्न र विदेशी प्रविधिमाथिको निर्भरता घटाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





