चिकित्सा शिक्षा आयोगको रु ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि रु ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु ५ अर्ब ९९ करोड २१ लाख तथा आयोगको आन्तरिक स्रोतबाट रु ५६ करोड ४ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट अनुमोदन गरेको आयोगले जनाएको छ।

बैठकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा बचत रहेको रु ९९ करोड ८५ लाख ९६ हजार २६७ तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित रु ३५ करोड सहित कुल रु १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ मध्ये चालु वर्षका लागि रु ५६ करोड ४ लाख ९८ हजार खर्च गर्ने निर्णय गरेको छ।

स्वीकृत आन्तरिक बजेटमध्ये चालुतर्फ रु ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ रु ८ करोड ६२ लाख विनियोजन गरिएको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
201 Shares