

चिकित्सकमाथि दुर्व्यवहार प्रकरणपछि पर्साका एसपी सुदीप पाठक प्रहरी प्रधान कार्यालय तानिए
काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। उनको स्थानमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी एसपी पवन भट्टराईलाई पर्सा सरुवा गरिएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार घटनापछि एसपी पाठकमाथि वार्ता टोलीसँग पनि असहज व्यवहार गरेको आरोप लागेको थियो। उक्त घटनापछि चिकित्सकहरूले उनको सरुवाको माग गर्दै विरोध जनाएका थिए।
प्रहरी स्रोतका अनुसार त्यसपछि गरिएको सरुवा निर्णयअनुसार एसपी पाठकलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो भने एसपी पवन भट्टराईलाई पर्साको जिम्मेवारी दिइएको छ।
एसपी पाठक २०८२ साल असोज महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा कार्यरत थिए।
समाज
थप सामाग्री-
गुरु पूर्णिमा पर्व आज मनाइँदै, गुरु र वेदव्यासको स्मरणमा श्रद्धा अर्पण
-
सुनसरी घटनाप्रति जनरक्षाको पत्रकारहरूलाई हार्दिक अपिल : “समाचारले समाजलाई सचेत बनाओस्, विभाजित होइन”
-
मानव बेचबिखनको नयाँ रूपप्रति आईजीपी कार्कीको चिन्ता, साइबर स्क्यामसँग जोडियो अपराध
-
आज साउन १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रहरी सुधारका नायक दानबहादुर कार्की : भरोसा, अनुशासन र परिवर्तनको यात्रामा एक दृढ नेतृत्व
प्रहरी सुधारका नायक दानबहादुर कार्की : भरोसा, अनुशासन र परिवर्तनको यात्रामा एक नेतृत्व
१ दिन अगाडि
2.5kViews 377 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र होइन, यो राज्य र…





