संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जाने निर्णयबाट पछि नहट्ने नेतान्याहुको घोषणा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन सेप्टेम्बरमा न्युयोर्क जाने आफ्नो निर्णय यथावत् रहेको बताएका छन्। न्युयोर्कका मेयर जोहरान ममदानीले आफूलाई पक्राउ गर्न सकिने संकेत दिएको विषयलाई अस्वीकार गर्दै उहाँले ममदानीमाथि यहुदी समुदायविरुद्ध घृणा फैलाएको आरोप लगाउनुभएको छ।

फक्स न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहुले सत्य प्रस्तुत गर्न आफू पछि नहट्ने बताउँदै संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा सहभागी हुने स्पष्ट गर्नुभयो। उहाँले ममदानीका अभिव्यक्तिले न्युयोर्कका विभिन्न समुदायबीच विभाजन सिर्जना गरेको र विशेषगरी यहुदी समुदायलाई लक्षित गरेको आरोप लगाउनुभयो।

यता, मेयर ममदानीले भने आफू नेतान्याहुसँग सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिन इच्छुक नरहेको प्रतिक्रिया दिनुभएको छ। उहाँले न्युयोर्कका सबै नागरिक, विशेषगरी यहुदी समुदायको सुरक्षा आफ्नो प्राथमिकता रहेको बताउँदै घृणाजन्य अपराधविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, म्यानहट्टनमा हालै भएको छुरा प्रहारको घटनापछि न्युयोर्कमा यहुदी समुदायको सुरक्षालाई लिएर बहस थप चर्किएको छ। अभियोजन पक्षका अनुसार आक्रमणमा संलग्न व्यक्तिविरुद्ध घृणाजन्य अपराधसहित हत्या प्रयासको अभियोग दर्ता गरिएको छ। घटनापछि सुरक्षा र सामाजिक सद्भावका विषयमा राजनीतिक बहस समेत तीव्र बनेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
188 Shares